पूर्वाञ्चल खबर
विराटनगरको देवकोटास्थित मन्त्रालयबाट निस्केको प्रभातफेरीले नगरकोको मुख्य मुख्य परिक्रमा गरि पुनः मन्त्रालयमा कोण सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा स्वास्थ्यमन्त्री निर्मला लिम्वु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्रालयका कर्मचारी, स्वास्थ्य कार्यालय र विराटनगर महानगरपालिका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा मन्त्री लिम्वुले विश्वमा नसर्ने रोगहरु उच्चरक्तचाप, मुटु रोग, मधुमेह लगायतका कारण ८० प्रतिशत मानिसको मृत्यु हुने हुनाले यसको रोकथामका लागि दैनिक जीवनमा व्यायाम, बिहान हिड्डुल, योग गर्न सम्पूर्ण नागरिकहरुलाई आग्रह गरिन । उनले कार्य गर्ने सम्वन्धमा बोलेर भन्दा व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै यसका लागि हामीहरुसबैले व्यायामलाई जीवनको अभिन्न कार्यको रुपमा लिनपर्ने बताइन् ।