AArya
RUMPUM
animated ellipse animated ellipse

‘वीपीको विचार र सिद्धान्तलाई भुल्दा कांग्रेस कमजोर भयो’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ श्रावण २०८२, मंगलवार १७:५३
81
Shares
विराटनगर/ वीपी कोइरालाको विचार र सिद्धान्तलाई नेपाली कांग्रेसले भुल्दै गएका कारण पार्टी कमजोर हुँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

वीपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसर पारेर नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको आदर्श, सिद्धान्त र विचारलाई आत्मसाथ गरेर अगाडि बढे कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वीपीले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई कांग्रेसले भुलेको बताइन् । वीपीको सिद्धान्त र आदर्श भुलेकै कारण कांग्रेसभित्र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको उनको भनाइ थियो । गरिबको जीवनस्तर उठाउन वीपीले देखेको सपना अझै साकार नभएको संग्रौलाले बताइन् । अहिले पार्टीभित्र र सत्तामा सुकिलामुकिलाहरुकै दबदबा रहेको उनको गुनासो थियो ।

कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश साँसद अमृत अर्यालले अब कांग्रेसलाई नयाँ सोच र विचारबाट अगाडि बढाउनु आवश्यक रहेकोमा जोड दिए । उनले वीपीले अघि सारेका आदर्श, विचार र सिद्धान्तलाई मात्रै आत्मसाथ गरे कांग्रेसले जुनसुकै निर्वाचनमा पनि सहज रुपमा जित हासिल गर्ने बताए । कांग्रेसले कांग्रेसलाई हराउन लाग्दा पार्टीसमेत कमजोर भएको अर्यालको टिप्पणी थियो । अर्का केन्द्रीय सदस्य भीम पराजुलीले वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टीभित्र अनुशासनहीनता मौलाउँदै गएको चर्चा गरे । उनले प्रजातन्त्र स्थापना भएको ७ दशक पूरा हुँदासमेत वीपीले देखेको सपना पूरा नहुनु विडम्बना भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका वरिष्ठ नेता वसन्त भट्टराई, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, पूर्वकोषाध्यक्ष गोपाल थापा, महिला संघकी अध्यक्ष शान्ता रिजाल, विराटनगर कांग्रेसका सभापति दीपक चापागाईं, वडा नम्बर ६ का सभापति राम ढकाल, प्राध्यापक मनोज साहलगायतले वीपीले देखाएको बाटोमा हिंडाउन सके कांग्रेसलाई कसैले पराजस्त गर्न नसक्ने विचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर