विराटनगर ,२८ फागुन /विराटनगर १३ मा रहेको लर्डबुद्ध स्कूलमा लर्ड बुद्ध स्कुलले कक्षा १० का विद्यार्थीलाई भने एक समारोहको आयोजना गरि विदाइ गरेको छ ।
विदाइ कार्यक्रम स्कुलका प्रिन्सिपल सिएम श्रेष्ठ, युनिभर्सल लर्ड बुद्ध एकेडमि प्रा लि का अधक्ष्य नितिन चन्द्र गजुरेल, लर्डबुद्ध कलेका प्ििरन्सपल सरोज भट्टराई, संञ्चालकहरु इसान राई विकास सेडाई र उमेश कार्कीको विदाई हुने विद्यार्थीलाई फुलमाला अबिर लगाएर बिदाइ गरेका थिए ।
विदाइ हुने विद्यार्थीलाई जुनियर विद्यार्थीले मनोरञ्जनात्मक गीत तथा नृत्य प्रदशन गरेका थिए । यसै वित लर्डबुद्ध सिङेगीन स्टार सिजन २ को ग्राण्ड फिनाले र साँस्कृतिक कार्यक्रमका दिनभरी पानी परेका कारण रद्ध गर्नु परेका स्कूल जनाएको छ ।