पूर्वाञ्चल खबर
झापालले आज भएको फाइनल खेलमा मोरङलाई १ सय २१ रनले पराजित गरि उपाधि जितेको हो ।

१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षति ७४ रन बनायो । मोरङकी टिका साहले २७ रन बनाउँदा सानु राजवंशीले २४ रन बनाइन् । त्यस्तै नविता श्रेष्ठ ५ रनमा अविजित हुँदा कप्तान अन्ुसु जैसवाल १ रनमा अविजित भइन् । झापाकी एलीसा खडिया, निसा साह र लतिका राजवंशीले १–१ विकेट लिए । फाइनल खेलको वुमन अफ फाइनल झापाकी कप्तान रुविना क्षेत्री घोषित भइन् । त्यस्तै वुमन अफ द सिरिज झापाकी अप्सरी वेगम, उत्कृष्ट ब्याटर झापाकी काजल श्रेष्ठ र उत्कृष्ट बलर मोरङकी अन्सु जैसवाल घोषित भइन् ।
उनीहरुलाई प्रदेश १ की सामाजीक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फे ,नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह र फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठलेलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।
फाल्गुन २१ गतदेखि शूरु भएको प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ, सुनसरी गरि ३ जिल्ला र मधेश प्रदेशबाट सप्तरीसहित ४ जिल्ला सहभागि रहेको थियो ।