पूर्वाञ्चल खबर
अध्यक्ष ओलीले आज विहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमो सो कुरा बताएका हुन् । सत्तापक्षबाट एक मात्र उम्मेदवार हुने र त्यो एमालेको हुने उनको भनाई छ । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘ एमालेको उम्मेदवार नै सत्तापक्षको हो ।’ सत्तापक्षबाट राष्ट्रपतिको अर्को उम्मेदवार नहुने उन दावी गरे ।
पुस १० गतेको सहमति अनुसार सत्तापक्ष चल्नु पर्ने एमाले अध्यक्ष ओलीको भनाई छ । अहिले बाहिर देखिए जस्तो समस्या सरकार सञ्चालनमा नदेखिएको उनको जिकिर छ । एमाले अध्यक्ष ओलीले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) लाई दिने पूर्वसहमति अनुसार उसैलाई दिनु पर्ने बताए । पुस ११ गतेको सहमति गृहमन्त्री रास्वपालाई दिने सहमति भएको र सोही सहमति अनुसार गृहमन्त्री उसैलाई दिनु पर्ने अध्यक्ष ओलीको भनाई छ । अध्यक्ष ओलीले भने,‘ गृहमन्त्री रास्वपालाई दिने सहमति भएको हो, पात्र कस्लाई पठाउँछ उसको कुरा हो ।’
्नागरिता प्रकरणमा रास्वपाका सभापति समेत रहेका रवि लामिछाने पदमुक्त भएपछि गृहमन्त्रीको जिम्मेवारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालि रहेका छन् । रास्वपाले गृहमन्त्री आफुहरुले नै पाउनुपर्ने बताउँदै आएको छ । एमाले अध्यक्ष ओलीले पनि सहमति अनुसार गृहमन्त्री रास्वपालाई नै दिनु पर्ने बताएका हुन ।
एमाले अध्यक्ष ओलीले नेपालमा असाधारण राजनीतिक अस्थिरता रहेको बताए । नेपालमा प्रजातन्त्र स्थापना पछिदेखि नै स्थिरता हुन नसकेको उनको भनाई छ ।