पूर्वाञ्चल खबर
सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराएकी छिन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट लीला राईको उम्मेदवारी दर्ता गराएकी हुन ।
दुवै जना उदयपुरका हुन् । समानुपातिक तर्फबाट उनीहरूले प्रदेशसभामा प्रतिनिधित्व गरेका छन् ।सभामुखमा भने काग्रेसले उम्मेदवारी दिएको थिएन । प्रदेश सभा सचिवालयले बिहीबार उपसभामुखको निर्वाचनको लागि कार्यपालिका सार्वजनिक गरेको थियो। निर्वाचनको पुस ३० गते ११ बजेका लागि तोकिएको छ ।दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ।
सत्ता गठबन्धनमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ सिट रहेको छ। माओवादीका बाबुराम गौतम सभामुख भएकाले सत्ता गठबन्धनमा ५९ मत हुन्छ भने विपक्षी दलहरूमा काँग्रेसको २९ र नेकपा (एकीकृत समाजवादी) का ४ गरी ३३ सांसद रहेका छन् ।बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन । प्रदेशशभमा ९२ सांसद छन ।