खबर पूर्वाञ्चल
इटहरीमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शशी थापामगर, उपाध्यक्षमा स्माइल रैन र सुविन कार्कीलाई चयन गरेको छ । समितीको सचिवमा देवराज चौधरी, सहसचिवमा यशराज राई, कोषाध्यक्षमा जनकराज सुनुवार र सह–कोषाध्यक्षमा हस्तालक्ष्मी राई चयन भएका छन् ।
समितीको सदस्यमा मनिष थापामगर, फारुक अहमद, सुन्दर लिम्बु, सुनिता राई र मनिष अधिकारी निर्विरोध निर्वाचित भएका छन् । अधिवेशन उद्घाटनको अवसरमा मोफसलमा सक्रिय फुटबल रेफ्रीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाले बेवास्ता गर्ने गरेको फुटबल रेफ्रीहरुले गुनासो गरेका छन् ।
फुटबल रेफ्रीहरुले आफूहरुको एजेण्डालाई फुटबल संघले नै एजेण्डा बनाउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । लाखौ पुरस्कार राशी भएको गोल्डकपमा रेफ्रीको पारिश्रमिक न्यून राखिने गरेको र त्यो लिन पनि तीन दिन धाउनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो थियो । पछिल्लो समय गोल्डकपहरुमा रेफ्री माथी आक्रमणका घटना बढेको जनाउदै रेफ्रीहरुलाई ब्यवशायीकरण गर्दै एक जूट हुनपर्नेमा उनीहरुले जोड दिए ।