AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तर स्कूल फुटबलको उपाधि सुनगाभालाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०७३, बुधबार १८:५७
3
Shares
उर्लाबारी, २५ फागुन / उर्लाबारीको सुनगाभाले अन्तर स्कूल फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
प्याब्सन मोरङ क्षेत्र न. ८ को आयोजनामा उर्लाबारीमा आज सम्पन्न फाइनल खेलमा सुनगाभाले मधुमल्लाको रिलायन्स इङ्गली बोर्र्डिङ स्कूललाई सडन डेथमा ६–५ कोे गोल अन्तरले पराजित गरी उपाधिमाथि कब्जा गरेको हो ।
निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेल पेनाल्टि सुट आउटमा धकेलेको थियो । पेनाल्टि सुट आउटमा पनि ४–४ गोलको बराबरी भए पछि खेलको निर्णय सडन डेथबाट भएको हो ।
फाइनल खेलको म्यान अफ द फाइनल सुनगाभाका सुर्य अभिकारी घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि लिायन्सका यूकेश राई घोषित भए भने उत्कृष्ट गोलकिपर रिलायन्सका मनिस सुवेदी, उत्कृष्ट फरवार्ड रिलायन्सका टानी मगर, उत्कृष्ट डिफेन्स सुनगाभाका जियस लिम्बु र हाइ स्कोरर सनसाइनका निश्चल पुरी घोषित भए ।
त्यस्तै अनुशासित टिम विद्या ज्योती स्कूल भयो । विजेताले १० हजार नगद तथा ट्रफि र उप विजेताले ५ हजार नगद तथा ट्रफि हात पारेको छ ।
फागुन १९ गतेदेखि शुरु भएको प्रतियोगितामा क्षेत्र नं. ८ का १६ टिमको सहभागि रहेको थियो । विजेता तथा अन्य खेलाडिहरुलाई प्याब्सन प्रदेश नं. १ का अध्यक्ष नारायण पुरी, प्याब्सन मोरङका उपाध्यक्ष अर्जुन बस्नेतलगायतले बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर