पूर्वाञ्चल खबर
राष्ट्रिय समाचार समिति(रासस) प्रदेश १ कार्यालय विराटनगरको आज निरीक्षण अवलोकन पछि निर्देशन दिने क्रममा उनले सो कुरा बताएका हुन् । उनले रासस कर्मी पत्रकारहरुले सन्तुलित समाचार लेख्नु पर्ने निर्देशन दिँदै राससको आम्दानी बढाउने तर्फ पनि ध्यान दिनु पर्ने बताए ।
उनले सङ्घीयताको मूल मर्म अनुसार काम गर्न थप निर्देशन दिँदै राससको संरचनालाई थप बलियो बनाउन र स्थानीय तहसँग समन्वय गर्न पनि निर्देशन दिए । अध्यक्ष झाले भने ,‘तीन तहकै सरकारसँग समन्वय गरेर समाचार पस्कने यो राससले ग्रामीण क्षेत्र र पछाडि परेका क्षेत्र एवं वर्गको पनि समाचार सम्प्रेषणमा ध्यान दिनु पर्छ ।’
राससमा काम गर्ने पत्रकारहरुले गर्व महसुस गर्नु पर्ने भन्दै अध्यक्ष झाले भने,‘ जनताले देखिने गरी काम गर्नुस् ।’
सो अवसरमा रासस प्रदेश कार्यालय प्रमुख मोहम्मद सदरुलले कार्यालयको गतिविधि एवं समाचारका विषयमा जानकारी गराए ।