AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कटहरीमा प्रहरी चौकी स्थापना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ श्रावण २०७९, सोमबार १६:०९
162
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका – ३ कटहरी बजारमा प्रहरी चौकी स्थापना भएको छ ।

गाउँपालिका भित्र रहेको भवनमा आज एक कार्यक्रम आयोजना गरि प्रहरी चौकी स्थापना गरेको हो ।

स्थापना भएको प्रहरी चौकीको भवनको उद्घाटन कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षाको प्रत्याभूति जनताले गर्ने बताए । ‘दशकौदेखि कटहरी बजामार प्रहरी चौकी राखिनुपर्ने माग राख्दै आएका थियौं,’ अध्यक्ष चौधरीले भने, ‘ अहिले आएर पुरा भयो । कटहरी बजारमा प्रहरी चौकी स्थापना भएपछि यहाँका जनताले शान्ति सुरक्षाको अनुभूती लिनेछन् भन्ने हामीले विश्वास लिएका छौं ।’

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सबैको सक्रियताको कारणले प्रहरी चौकी स्थापना भएको बताए । प्रहरी मात्रको एकल प्रयासले शान्ति सुरक्षा कायम गर्न नसक्ने भएकोले सबैको साथ सहयोगको खाचो रहेको बताए ।

अपराधमुक्त समाजको परिकल्पना राज्यको रहेको भन्दै उनले सबैको साथ सहयोग भए मात्र शान्ति सुरक्षा कायम हुने उनले बताए । कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शान्ति सुरक्षा, सुव्यवस्थापन कायम गर्दै अपारध मुक्त समाज निर्माणमा सबैको साथ सहयोगको खाचो रहेको बताए ।

कटहरीमा स्थापाना भएको प्रहरी चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक दलबहादुर कार्कीको कमाण्डमा ९ जनाको प्रहरी टोली रहेको छ । प्रहरी चौकी कटहरीको कार्यक्षेत्र कटहरी गाउँपालिका भित्रको २, ३, ४, ५, ६ र ७ वडा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर