खबर पूर्वाञ्चल
पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना संक्रमणमुक्त हुन्दा ३०५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणमुक्त हुनेमा २०१ महिला र १९० पुरुष रहेका छन् । ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटामा ९, इलाममा १ र प्रदेश १ बाहिका ३ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ५३, पथरीशनिश्चरेमा १२, रतुवामाई र स्थानीय तह नखुलेका २–२ र कानेपोखरीमा १ जना, सुनसरीको इटहरीमा ४५, धरानमा १३, दुहवीमा २, बराहक्षेत्र, रामधुनी स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १३, विर्तामोडमा ६, भद्रपुरमा ४, मेचीनगरमा ३, गौरादह, शिवसताक्षी र कचनकवलमा १–१ जनामा संक्रमण देखिएको छ ।
उता धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, छथरजोरपाटी र महालक्ष्मीमा १–१, इलामको चुलाचुलीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।