AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ जेष्ठ २०७९, बुधबार १८:२७
1.01k
Shares
विराटनगर / मोरङको जहदा गाउँपालिका – २ बडकी बैरियास्थित श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

प्रहरीले जहदा २ का ४३ वर्षिय दिनेशकुमार राजभरले ३५ वर्षिय गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा आज पक्राउ परेका हुन् । श्रीमतिको हत्या गरेको पाँच दिनपछि दिनेश पक्राउ परेको हुन् । दिनेशले जेठ ६ गते राती ९ बजे धारिलो हतियार प्रयोग गरि हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

श्रीमतिको हत्या गरेपछि दिनेश फरार भएका थिए । प्रहरीले तिव्र खोजी कार्य गरेपछि उनलाई आज लुकिरहेको अवस्थामा विराटनगरदेखि पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । ‘घरयासी विवादलाई लिएर श्रीमतिको हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘दिनभरी बाहिर रहेका दिनेश घरआएपछि घरयासी विवादलाई लिएर सुतेको श्रीमितलाई मुङरो र रड प्रहार गरि हत्या गरेको खुलेको छ ।’

पक्राउ परेका दिनेशलाई मोरङ प्रहरीले कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर