पूर्वाञ्चल खबर
सत्ता गठबन्धनको भागबन्डामा भोजपुरको दुई स्थानीय तहमा उपमेयर र उपाध्यक्ष पाएको एसलाई चुनावी अभियानको सुरुवातमै झट्का लागेको हो । आज एसका जिल्ला कमिटी उपाध्यक्ष चक्र तामाङ, केही जिल्ला कमिटी सचिवालय सदस्यसहितका नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एसका उपाध्यक्ष तामाङ, प्रदेश १ अनेरास्ववियूका वरिष्ठ उपाध्यक्ष र जिल्ला कमिटी सचिवालय सदस्य प्रताप तामाङ, सचिवालय सदस्य रकार्यालय सचिव कृष्ण बस्नेतलगायत प्रवेश गरेका हन् । प्रताप जिल्लाका जुझारु युवा नेता हु न भने भोजपुर नगरपालिका–५ बोखिमको सिंगो कमिटी एमालेमा समाहित भएको एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्काले बताए । उनका अनुसार आज १०५ जनाले एमाले प्रवेश गरेका हुन् ।
भोजपुर नगरपालिकामा गठबन्धनबाट नेकपा एसकी ममिता राई उपमेयरको उम्मेदवार बनेकी छिन् ।
पार्टी प्रवेश गरेका सवैलाई प्रदेश १ का पूर्वमुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य शेरधन राई, उपाध्यक्ष खड्का, भोजपुरका मेयर उम्मेदवार भरत तामाङलगायतका नेताहरूले स्वागत गरे ।
भोजपुर नेकपा एस केन्द्रीय उपाध्यक्ष जयन्ती राई र सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको जिल्ला हो ।