पूर्वाञ्चल खबर
कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् ।
नागेश भने डा. शेखर कोइराला निकट हुन् । कोइरालाको गृहनगर विराटनगर महानगरपालिकाबाट कांग्रेसले मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डा.डिला संग्रौलाको पनि दाबेदारी थियो ।
अर्याल र संग्रौला देउवा समूहका हुन भने पराजुलीलाई कृष्ण सिटौलाको साथ थियो ।
पाँच दलीय गठबन्धनको निर्णय अनुसार विराटनगरको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख जनता समाजवादी पार्टीले लिनेछन् । कांग्रेसले उम्मेद्वारको टुंगो लगाएपनि जसपाले टुंगो लगाएको छैन ।
कांग्रेसले प्रमुखका लागि संस्थापनइतर समूहका नेता डाक्टर शेखर कोइरालाको पहलमा नागेशले टिकट पाएका हुन् ।