AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

१९ लाखको अवैध कपडा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७९, आईतवार १८:३५
198
Shares
विराटनगर / भारतदेखि तस्करी भएर आएको ठूलो परिमाणको अवैध कपडा प्रहरीले बरामद गरेको छ । अवैधरुपमा भन्सार छली चोरी पैठारी, राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर ल्याएको १९ लाख बढी मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको हो ।

बिभिन्न किसिमको लत्ता कपडा लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा मजिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका ७ बाट अन्दाजी १५ लाख १ हजार ७ सय बराबरको सामान बरामद गरी आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएपी दिपक श्रेष्ठले जानकारी दिए ।

विराटनगर महानगरपालिका १६ बाट अन्दाजी चार लाख ९ हजार बराबरको समान बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर