पूर्वाञ्चल खबर
उद्योग संगठन मोरङमा स्टार्टअप तथा इन्नोभेसन सम्वन्धी कार्यक्रम सोमबार विहान ११ बजेदेखि र डिजिटल प्रदेश संवाद कार्यक्रम दिउसो ३ बजेदेखि सञ्चालन हुने भएको हो ।
लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन लागेको कार्यक्रम सातै प्रदेशमा हुने विराटनगरमा आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । यसअघि गण्डकी, लुम्बिनी र मधेस प्रदेशमा सम्पन्न भइसकेको छ ।
‘इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट पावर्ड बाइ यार्साल्याब’ कार्यक्रममा आइटीका स्टार्टअप, इन्नोभेटर, उद्यमी, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधी, सरोकारवाला र विद्यार्थीहरुको उपस्थिति रहनेछ । स्टार्टअप फेस्टमा ३० बढि स्टार्टअप आइडिया तथा इन्नोभेसनहरु प्रदर्शनीमा रहने फाउण्डेसनका अध्यक्ष हेमपाल श्रेष्ठले जानकारी दिए । यस कार्यक्रमले प्रदेशमा भएका नवप्रवर्तक (स्टार्टअप) तथा इन्नोभेटरलाई एकैथलोमा समावेश गरी उद्यमशिलताको विकासमा सहकार्य गर्नेछ ।
डिजिटल स्टर्टाअपको लागि विभिन्न किसिमले सहयोग गर्ने, प्रवद्धन गर्ने, इन्क्युवेसन, मेन्टरिङ र लगानीको लागि आवश्यक समन्वय गरिउने उनले बताए ।
‘स्टार्टअप एण्ड आइडिया फेस्टले स्थानिय नवप्रवर्तक तथा इन्नोभेटरलाई प्रवद्धन गर्न, आवश्यक लगानी जुटाउन र प्रदेशमै आइटी उद्यमशिलताको विकासको लागि सघाँउ पुर्याउने छ,’ उनले भने, ‘ हरेक प्रदेशबाट कम्तिमा ५ उत्कृस्ट स्टार्टअप तथा आइडिया छनौट गरी सातै प्रदेशको कार्यक्रम पश्चात काठमाडौंमा सञ्चालन हुने विजनेश इन्क्युवेसनमा सहभागी गराइनेछ ।’
प्रदेशका उत्कृष्ट स्टार्टअपले राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्मको सहुलियतपुर्ण कर्जा प्राप्त गर्नेछन भने आइसिटी अवार्ड २०२२ मा सम्मान प्राप्त गर्नेछन । उद्यमशिलता विकासको लागि यो कार्यक्रम महत्वपुर्ण प्लाटफर्म हुने आयोजकले विश्वास लिएको आयोजकले जनाएको छ ।