पूर्वाञ्चल खबर
विराटनगर – १८ भेडयारीबाट भारततर्फ तस्करी हुन लागेको मदिरा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) भुटहाले बरामद गरेको हो ।
सशस्त्र प्रहरीले बरामद गरेको मदिरा २ लाख ५० हजार मुल्य बराबरको रहेको सशस्त्र प्रहरी बल मोरङका एसपी राज कुमार लामिछानेले जानकारी दिए । अवैध रूपमा भन्सार छली ८ कार्टुन उमङ्ग नामको मदिरा बिओपी भुटहाका सशस्त्र प्रहरी निरीक्षक जङग बहादुर सिंहको कमाण्डको मोवाइल गस्ती टोलीले बरामद गरेको हो ।
प्रहरीले मदिरा बोकेको दुई वटा भारतीय नम्बर प्लेटको मोटसाइकल पनि नियन्त्रणमा लिएको छ । बरामद गरेको मदिरा स्थानिय जनप्रतिनधीहरुको रोहबरमा नष्ट गरिएको थियो भने बरामद मोटसाइकल आवश्यक कारवाहीको लागि प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।