पूर्वाञ्चल खबर
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा २, भद्रपुर, बुद्धशान्ति, दमक र बाहृदशीमा १–१, मोरङको विराटनगर, बेलबारी, सुन्दरहरैचा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१, धनकुटाको धनकुटामा २ र तेहृथुमको म्याङलुङमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र १६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८४५ रहेको मन्त्रालयले जनाएको छ ।