AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कुशल भुर्तेलको सतकमा कमजोर फिलिपिन्समाथि नेपालको फराकिलो जित, जितसँगै नेपाल सेमिफाइनल नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७८, शनिबार १५:२०
306
Shares
विराटनगर / ओमानमा जारी टि–२० विश्वकप छनोट अन्तर्गत ग्लोबल छनोटको समूह एु को दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ ।

कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । फिलिपिन्सले निर्धारित ओभरमा ८ विकेट गुमाई ८२ रनमा सिमित भयो । फिलिपिन्सका ड्यानिएल स्मिथले २० रन जोड्दा जोर्डन एलेग्राले २७ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल योगफल खडा गरेको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । उनको यो टी–२० अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो । उनी टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेस्रो खेलाडी समेत बने । उनी भन्दा अगाडि यो उपलब्धि पारस खड्का र ज्ञानेन्द्र मल्ले हासिल गरेका छन् ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । भुर्तेल र ऐरीले टि–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक ठूलो साझेदारी सम्भव बनाए । उनीहरूले तेस्रो विकेटका उनीहरूले तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरे । उनीहरूबाहेक कुशल मल्लले १२ रन र लोकेश बम ६ रनमा आउट भएका थिए । फिलिपिन्सका ड्यानिएल स्मिथ,मिड्डी पोडोस्की र गुरभुपिन्डर चौहानले १–१ विकेट लिए । अव नेपालले सोमबार क्यानाडासँग लिगको अन्तिम खेल दिउँसो ३ बजेर ४५ मिनेटमा खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर