AArya
RUMPUM
animated ellipse animated ellipse

एसि डोम प्रविधिको प्रयोग गरी विराटनगरमा मेला आयोजना हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७८, शुक्रबार २१:२१
6.39k
Shares
विराटनगर / मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले मौद्रिक नितीले उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्ने विषय कार्यान्वयनमा भर पर्ने बताएका छन् ।

आज विराटनगरमा पत्रकारहरूसँगको छलफलमा अध्यक्ष रिजालले सो कुरा बताएका हुन् । उनले विगतमा पनि राम्रा नितीहरू आए तर, कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको स्पष्ट पारे । ‘विगतमा पनि राम्रा नितीहरू आए तर, कार्यान्वयन हुन नसक्दा त्यस्ता नितीले सकारात्मक प्रभाव भने पार्न सकेन’ अध्यक्ष रिजालले भने । उनले उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्न मौद्रिक निती कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे ।

रिजालले आफ्नो कार्याकालमा फरक किसिमका काम गर्ने योजना अनुसार केहि महिना भित्रै विराटनगरमा फरक किसिमको व्यापार मेलाको आयोजना गर्ने तयारी थालेको जानकारी दिए । उनले भने मोरङ व्यापार सङ्घले मेलाको आयोजना यो वर्षको व्यापार मेला विगतको भन्दा फरक र उदाहरणीय हुने बताए । एक महिना भित्र मेला लगाउने समेत अध्यक्ष रिजालले बताए ।

आयल निगमको छेउमा रहेको जमिनमा नयाँ प्रयोग गरी मेला लगाउने तयारी भएको उनले बताए । नेपालमा प्रयोग नभएको एसि डोम प्रविधिको प्रयोग गरी मेला आयोजना गरिने भएकाले मेलामा आउने उपभोक्ताहरूले गर्मीको महशुश गर्नु पर्ने छैन । एसी जडान गरिएको ठूलो गुम्बज भित्र स्टलहरु राखिनेछ । उनले चैतमा मेला लगाउने तयारी भएको बताए ।

पत्रकारसँगको छलफलका क्रममा अध्यक्ष रिजालले भासिएको मिरगञ्ज पुल नजिकै रहेको नयाँ पुल एक महिना भित्र सञ्चालन गर्ने भारतीय पक्षले बचन दिएको जानकारी दिए । उनका अनुसार एक–डेढ महिना भित्रै मिरगञ्ज पुल सञ्चालनमा ल्याएर विराटनगर नाकाको व्यापार सहज बनाइने छ । अध्यक्ष रिजालले विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि पनि मोरङ व्यापार संघले पहल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर