AArya
RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीका सनम शाक्य हत्या तथा ३८ क्विन्टल सुन तस्करीको अभियोगमा थप एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७८, बुधबार १७:४३
2.13k
Shares
विराटनगर / मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा ३८ क्विन्टल सुन तस्करीको अभियोगमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ घर भएका ३९ वर्षीय सन्दिप खड्का रहेका छन् । उनलाई काठमाण्डौको गौशालाबाट पक्राउ गरेर आज बिहान जहाजमार्फत विराटनगर ल्याइएका खड्का दुबईमा बसेर नेपालतिर तस्करीको सुन पठाउने गिरोहका सदस्य रहेको अनुसन्धानबाट खुलेको थियो ।

मङ्गलबार पक्राउ परेका खड्कालाई बुधबार मोरङ ल्याएर सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको जानकारी एसपी जिसीले दिए । उनीविरुद्धको मुद्दाको छिनोफानो मोरङ अदालतले गर्ने छ । समय अभावका कारण खड्कासँग अदालतले बिहीबार मात्रै बयान लिने भएको छ ।

जिल्ला अदालत मोरङले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । ५६ अभियुक्तमध्ये अदालतले सुन तस्करी र शाक्य हत्या प्रकरणमा जोडिएका आठ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिएको थियो । अदालतले कर्तव्य ज्यान मुद्दामा आठ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर काठमाण्डौ ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरे भनिने चूडामणि उप्रेतीको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको हो । त्यसको अनुसन्धान गर्दा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्विन्टल सुन तस्करी भएको पत्ता लागेको दाबी सरकार पक्षको थियो ।

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको हो । प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

२०७५ वैशाख १९ गते अदालतमा सरकारी वकिल कार्यालय मोरङले ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरीपैठारी र चोरीनिकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम ९करिब ३८ क्विन्टल० सुन अवैध रूपमा आयात गरिएको दाबी गरियो ।

हत्यामा संलग्नलाई दोषी ठहर गरे पनि अदालतले सुन तस्करीमा संलग्न भनिएकाहरू सबैलाई सफाइ दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर