AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले विराटनगरले सुरु गर्याे दोश्रो चरणको निर्वाचन अभियान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०७८, मंगलवार १८:०७
306
Shares
विराटनगर / नेकपा एमाले विराटनगर महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि दोश्रो चरणको अभियान सुरु गरेको छ ।

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि निर्वाचन लक्षित मेरो वडा म जिताउँछु अभियान सुरु गरेको हो । यो अभियानका लागि महानगर अध्यक्ष सागर थापाको संयोजकत्वमा प्रदेश समिति सदस्य र जिल्ला कार्यसमितिका पदाधिकारी रहने गरि महानगर स्तरको संगठन व्यवस्थापन समन्वय समिति गठन गरेको छ । यस्तै वडा स्तरमा पार्टी वडा अध्यक्षको संयोजकत्वमा जिल्ला कार्यसमिति सदस्य रहने गरि संगठन व्यवस्थापन समन्वय समिति गठन गरिने एमाले महानगर अध्यक्ष सागर थापाले बताए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले अब स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल हुने दावी गरे । उनले विराटनगरमा काँग्रेसको नेतृत्वमा रहेको स्थानीय सरकारले ५ वर्षमा केही गर्न नसकेको र एमालेप्रति जनताको आकर्षण बढेको दावी गरे । उनले म उम्मेदवार हो भन्ने प्रचार गर्दै नेताको घर धाउने भन्दा जनताको अपेक्षा बुझ्न र पार्टी संगठन मजबुद बनाउन लाग्न पनि आकांक्षीहरुलाई सल्लाह दिए ।

यसै गरि कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ मा पूर्व मन्त्री जीवन घिमिरेले अहिले पार्टी संगठन मजबुद भएको र जनताको आकर्षण एमालेप्रति रहेको भन्दै विराटनगर महानगरमा जित हासिल हुने दावी गरे । उनले विराटनगर काँग्रेसको गढ नभइ एमालेको विर्ता भएको बताए । मनमोहन र भरतमोहनको कमक्षेत्र विराटनगरमा पञ्चायत कालमा पनि एमालेको जनपक्षीय उम्मेदवारले जित हात पारेको स्मरण उनले गराए । कार्यक्रममा बोल्दै एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले एमाले एकढिक्का भएर अघि बढे स्थानीय तहको निर्वाचनमा जित हासिल गर्न कसैले रोक्न नसक्ने बताए ।

कार्यक्रममा एमाले महानगर अध्यक्ष थापाले अब छिटै नै टोल कमिटी गठन र जनवर्गीय संगनठहरुको गठन तथा पुनगठन सकेर प्रचार अभियान तीव्र पार्ने बताए । कार्यक्रममा सबै वडाका अध्यक्षहरुले एमाले पहिलेको तुलनामा निकै बलियो रहेको बताए ।उनीहरुले आगामी निर्वाचनमा सबै वडामा जित्ने दावी गरेका छन् । केन्द्रीय सदस्य गुरु बराल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव रुपेश खतिवडा लगायतकाको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर