AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मधेशको समस्या मधेशको मात्र नभएर सबैको साझा समस्या हो : प्रदेश प्रमुख खापुङ्ग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७८, बुधबार १५:५२
288
Shares
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गलाई मधेशी आयोगले आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रतिवेदन आज वुझाएको छ ।

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि प्रदेश प्रमुख खापुङ्गलाई आयोगका सदस्य रेणुदेवी साहले नेपालको संविधानको धारा २९४ एवं मधेशी आयोग ऐन २०७४ को दफा २२ बमोजिम आव २०७७÷७८ मा सम्पादन गरेको कामसँग सम्बन्धित तेस्रो बार्षिक प्रतिवेदन हस्तान्तरण गरेकी हुन् ।

प्रदेश प्रमुख खापुङ्गले मधेशको समस्या मधेशको मात्र नभएर सबैको साझा समस्या भएकाले देश, सरकार , समाजले एकजुट भएर समाधान गर्नुपर्ने बताए । उनले आयोगले आफ्नो दायित्व जिम्मवारीपूर्वक निभाएकोमा प्रशंसा व्यक्त्त गर्दै यस क्षेत्रको समस्यामा समाधान लागि सम्पूर्ण राष्ट्रिय एकतावद्ध भएर अगाडि वढ्नु पर्नेमा जोड दिए ।
प्रतिबेदन निर्माणले आयोगलाई बलियो बनाएको चर्चा गर्दै प्रदेश प्रमुख खापुङ्गले विधिधतामा एकता कायम गरी अखण्ड नेपाललाई सुदृढ गरी मुलुकको आर्थिक समृद्धि र विकास निर्माणमा अगाडि वढ्नु अहिलेको आवश्यक्ता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर