पुष्पराज थपलिया
विराटनगर, १३ फागुन / उद्योग संगठनको आयोजनामा विराटनगरमा भइरहेको कृषि तथा औद्योगिक प्रदर्शनिमा आज देखि हेलि सिटि टुर सुरु गरिएको छ ।
पहिलो दिन आज मात्रै माउन्टने एयरको हेलिकप्टरले दश वटा फ्लाइट गराएको छ । यसले विराटनगर बजारको परिक्रमा गराएर मेलास्थल विराट नर्सिङ होम नजिकै लगेर ल्यान्डिङ्ग गर्ने गरेको छ ।
मेला अवधिभर हेलिकोप्टरले विराटनगरको आकासमाथि उडेर नगर परिक्रमा गर्ने र मनोरम दृश्य देखाउने व्यवस्था गरिएअनुसार शुक्रबार हेलिकोप्टरले विराटनगरको धेरै फन्को मारिसकेको हो ।
होटल एसियाटिक हेलिसिटी टुर नाम दिएर हेलिकप्टरमा बस्न चाहनेका लागि सेवा दिइएको होटलका सञ्चालक पूण्य भट्टराईले जानकारी दिनुभयो । ७ हजार ५ सय रुपैयाँ तिरेपछि हेलिकप्टर चढ्न सकिने छ ।
एक्सपोको आकर्षणको रुपमा हेलिकप्टर सयरलाई पनि लिइएको छ । पूर्वाञ्चलका पर्यटकीय क्षेत्र कोशीटप्पु, सखडा, कंकालिनी, दन्तकाली आदि हेर्नेहरुका लागि पनि प्याकेज राखिएको छ ।