AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाली यू–१९ का अन्तर्राराष्ट्रिय खेलाडि दिपेश कडेलको अर्घ सतकमा शिक्षादिपले हिसान क्रिकेटमा विजयी शूरुवात, अर्को खेलमा लर्डबुद्ध विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७८, आईतवार १७:१५
6.98k
Shares
पुष्पराज थपलिया
विराटनगर /उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा शिक्षादिप कलेज र लर्डबुद्ध कलेज विजयी भएका छन् ।

विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज  भएको खेलमा शिक्षादिप कलेज र लर्डबुद्ध कलेज विजयी भएका हुन् ।

पहिलो खेलमा शिक्षादिपले अर्किड कलेजलाई ५ विकेट पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जवाफमा १ सय ३० रनको चुनौती पछ्याएको शिक्षादिपले नेपालका यू–१९ का अन्तर्राष्ट्रिय खेलाडि दिपेश कडेलको अर्ध सतकको मद्दतले १८ दशमलव ५ बलमा ५ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । दिपेश कडेलले अविजित ५८ रनको योगदान दिए । उनले ३२ बलमा २ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै सोमराज गणेशले २० रनको योगदान दिए । अर्किडका सुमन सुन्दासले सर्वाधिक ३ विकेट लिए । म्यान अफ द म्याच शिक्षादिपका कडेद घोषित भए ।

यस अघि टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रनको स्कोर खडा गरेको थियो । जस्मा कृष राईले २७ रन बनाउँदा सुमन सुन्दास र मनिष रजकले २०–२० रनको योगदान दिएका थिए । शिक्षादिपका रविन राजवंशीले ३ विकेट लिँदा सुरज यादवले २ र दिपेश कडेलले १ विकेट लिए ।

दोस्रो खेलमा लर्डबुद्ध कलेजले नेशनल कलेजलाई ५० रनले पराजित गर्दै कवाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित १५ ओभरमा ८ विकेट गुमाई १ सय ७ रनको सामान्य स्कोर खडा गरेको थियो । जस्मा विवेक साहले ३१ रन बनाउँदा सुमित शर्माले २० रनको योगदान दिए । नेशनलका सज्जाद आलमले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १ सय ८ रनको लक्ष्य पछ्याएको नेशनलले निर्धारत पुरै ओभर खेल्दै ८ विकेट गुमाई ५७ मा रनमा सिमित भयो । जस्मा आदेश साहले ५७ रन बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । लर्डबुद्धका म्यान अफ द म्याच अनिष कोइराला,राकेश ठाकुर, असमत सिंह र सुमित शर्माले समान २–२ विकेट लिए ।

सोमबारको पहिलो खेल भानु कलेज र सगरमाथा कलेज र दोस्रो खेल अरनिको कलेज र विकेभिएमविच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर