विराटनगर, १२ फागुन / मिस कोशी प्रतियोगिताको आयोजक करिजमेटिक एडभाण्टेज एडभटाइजिङ कम्पनी हो ।
कम्पनीका सञ्चालक अमलेश कर्ण आफुहरुले आयोजना गर्ने गरेको प्रतियोगिताको नामसँग मिल्दो जुल्दो नाम अर्केले राखेर प्रतियोगिता गर्दा मिस कोशीको बदनाम भएको बताए ।
‘ सन १९९८ देखि मिस कोशी हामीले गरिरहेका छौ । उनले भने ‘ विभिन्न समस्याका कारण हामिले निरन्तर गर्न सकेनौ तर हाम्रो टाइटलसँग मिल्दो जुल्दो नाम राखेर अर्केले हाम्रो नाम बेइजत ग¥यो ।’
आज बिहिवार विज्ञप्ती जारी गर्दै कर्णले नाम कपि गरेको भन्दै कर्णर्ल जय मिडिया म्यानेजमेन्ट र त्यसका सञ्चालक जयराज रोयलाई कारवाही गर्न माग गरे ।