पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्वारा उद्घाटन गरिएको उक्त सचिवालयले जिताउ अभियानसँग समबन्धी सम्पुर्ण काम कार्वाहीलाई अगाडि बढाउने छ भने देश भरी रहेका जेसिजका शाखाहरुसग निरन्तर सम्पर्कमा रहेर श्यामसुन्दर पौडेललाई जिताउनका लागि अभियान सञ्चालन गर्ने छ । केहि दिनमा महाधिवेशन हुने स्थान पोखरामा समेत सम्पर्क कार्यालय स्थापना हुने जानकारी जिताऔ अभियान सचिवालयले दिएको छ ।
उदघाटनका क्रममा बोल्दै मेयर पराजुलीले श्यामसुन्दर विराटनगरको मात्र नभएर देशले नै गर्व गर्न लायक युवा रहेको , शून्यबाट सुरु गरेर अहिलेको अवस्थामा उधमशिल युवाको रुपमा उदाएको र सम्पूर्ण १८ देखि ४० बर्षका युवाहरुलाई समेटेर अघि बढ्न सक्ने क्षमता भएका साथै उधमशिलतालाईनै आफ्नो मुल मन्त्र मान्दै आगामी दिनमा युवालाई अघि बढाउन कुनै कसर बाकी नराख्ने उदेश्य राखेर अभियानमा होमिएकाले उनलार्इ जिताउन देश भरीका जेसिज युवा लाग्नेमा आफू निश्चिन्त रहेको र आफ्नो तर्फबाट गर्नु पर्ने सहयोग गर्न आफू तयार रहेको बताए ।
नेपाल जेसिजका पूर्व अध्यक्ष फुलकुमार लालवाणीले विराटनगर जेसिजले प्रस्तुत गरेको उमेदवार सबैको साझा उमेदवार भएकाले श्यामसुन्दरलार्इ जिताउनु पर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा विराटनगर जेसिजका पूर्व अध्यक्ष गोपाल गुप्ता , टिकाराज ढकाल , विराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहाल , उमेदवार प्रवर्द्धन समिती संयोजक टिपि आचार्य , जिताउ अभियानका सचिव सेवक बजगाइलगायतबोलेका थिए ।
अभियान अन्तरगत शाखा भ्रमणमा रहेको टोलिलाई मेयर पराजुलीलगायतले विदाइ गरे ।