AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर कारागारमा कैदीको शंकास्पद मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०७८, बिहीबार १२:२७
1.63k
Shares
विराटनगर /विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा एक जना कैदीको शंकास्पद मृत्यु भएको छ ।

जवरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गर्दै आएका मोरङ सुनवर्षी नगरपालिका इटहरा घर भएका ४३ वर्षिय नारायण थापाको आज विहान १ बजे शंकास्पद मृत्यु भएको हो ।

जजक मुद्दामा १० वर्ष कैद सजाय अदालतले तोकेपछि उनी२०७२ भदौ १ गतेदेखि मोरङ कारागारमा छन् । राती एक्कासी पेट दुखेर श्वासप्रश्वासमा समस्या भएको जानकारी आएपछि तत्काल उपचारको लागि कोशी अस्पताल लैजाने क्रममा कैदीको बाटोमा मृत्यु भएको निमिक्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।

‘कैदीको पेट र शास फेर्न समस्या भएको जानकारी पाएलगतै हामीले उपचारको लागि अस्पताल लैजादै गरेका थियौ । तर, उनको बाटोमै मृत्यु भयो,’ उनले भने, ‘अहिले हामीले परिवारलाई जानकारी गराएका छौं ।’ मृतकको शव अहिले कोशी अस्पतालमा राखिएको छ ।

मोरङ कारागारमा केहीदिनयतादेखि चौकीदार प्रकरणले अशान्त बन्दै जाँदा थापालाई रातभर कुटेर मारिएको आफन्तले गुनासो गरेका छन् । मृत्यु भएका भनिएका थापा तत्कालिन चौकीदार नविन राई समूहका थिए । सरकार फेरिएसँगै विराटनगर कारागारमा सरुवा गरिएका अभिषेक गिरी विरुद्ध आन्दोलनमा उत्रिएका राईलाई सरुवा गरिएको थियो । त्यसपछि किरण गुरुङलाई निमित्त चौकीदार बनाइएको थियो ।

गुरुङलाई चौकीदारको जिम्मेवारी दिएपछि पुनःगिरीलाई ल्याउने कसरत गरिएको थियो । तर, गुरुङ समूहले पनि गिरीलाई ल्याउने विरुद्ध आन्दोलन गरेपछि उनको समूह विरुद्ध कार्तिक कामतको समूहले विद्रोह गरेको थियो ।

दुईदिन अगाडी कारागार भित्र भएको झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भएका थिए । त्यस क्रममा गुरुङ समूहका १४ जनालाई सरुवा गरिएको थियो । प्रशासनले त्यसपछि गुरुङसहित १४ जनालाई सरुवा गरेर कामतलाई निमित्त चौकीदारको जिम्मेवारी दुई दिन अगाडी मात्रै दिएको थियो । कामत अगाडीका दुई जना चौकीदारको समूहमा रहेकाहरुलाई अहिले कारागार भित्रै यातना दिन थालिएको छ ।

कामत गिरी समर्थित रहेको दावी गरिन्छ । गिरीलाई तिहार अगाडी विराटनगर कारागार ल्याईएपछि त्यहाँ विरोध भएको थियो । विरोध पछि तत्काललै सप्तरी पठाइएको थियो । गिरीले अहिले सप्तरी कारागारमा बसेर उनीसँग निकट रहेका व्यक्तिहरुलाई कारागार भित्र हुलदंघा मच्चाउन उक्साउने गरेको आशंका गरिन्छ ।

मोरङ कारारगारमा बुधबार रातीसम्म पुरुषतर्फ ८ सय ९७ र महिलातर्फ ७२ जना कैदीबन्दी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर