AArya
RUMPUM
animated ellipse animated ellipse

विना दर्ता औषधी वेच्ने विराटनगरको एक चस्मा पसल शिलबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०७८, सोमबार १९:१९
3.69k
Shares
विराटनगर/ विना दर्ता औषधी वेच्ने विराटनगरको एक चस्मा पसल शिलबन्दी गरिएको छ ।

विकास साहले सञ्चालन गरेको विराटनगर–१३ विराटनगर आँखा अस्पताल अगाडि रहेको गुगल चस्मा घरमा विना दर्ता औषधी बिक्री वितरण गरेको भेटिएपछि औषधी व्यवस्था विभाग विराटनगरले पसल शिलबन्दी गरेको हो ।

उक्त चस्मा घरले विना अनुमति औषधी बिक्री वितरणमा राखिएको औषधी पनि विभागले बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिए । ‘अनुमति नलिकन चस्मा पसलले औषधी विक्री वितरण गरेको सूचना आएको थियो,’ उनले भने, ‘अनुगमनको क्रममा चस्मा पसलमा औषधी भेटियो । यसरी औषधी व्यवस्था विभागको स्वीकृती बेगर औषधी बिक्री वितरणमा प्रतिबन्ध छ ।’ विभागबाट स्वीकृत नलिकन मनलाग्दी तरिकाले पसल सञ्चालन गरेर औषधीको बिक्री वितरण गर्नेलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

यसअघि औषधी पसल खोलेपनि विभागदेखि स्वीकृत नकिलन तराइको र पहाडी जिल्लाका फार्मेसीहरूले औषधी विक्री वितरण गर्ने गरेका थिए । तर, पछिल्लो समय चस्मा पसलहरूले पनि खुलेआम औषधी बिक्री वितरण गर्न थालेपछि अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिना असोजसम्ममा दर्ता नभएका १८ वटा फार्मेसीलाई औषधी व्यवस्था विभाग विराटनगरले कारवाही गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर