AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बेलवारीमा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ कार्तिक २०७८, शुक्रबार १८:०१
504
Shares
विराटनगर/ फुटबल खेलको माध्यमबाट युवाहरुको शारिरीक तथा मानसिक विकासका लागि मोरङको बेलवारीमा ‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलावारी गोल्ड कप–२०७८’ प्रतियोगिता हुने भएको छ ।

आज विराटनगरमा आयोजक डाँगिहाट युथ क्लबले पत्रकार सम्मेलन गरि प्तियोगितको बारेमा जानकारी गराएको हो ।

प्रतियोगिता आउँदो कात्तिक ११ गतेदेखि सञ्चालन हुने प्रतियोगितमा नेपाल तथा भारतका गरी आठ वटा टिमको सहभागिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल, काठमाण्डौ,हिमालय शेर्पा क्लब काठमाण्डौं, च्यासल क्लब काठमाण्डौ, आयोजक डाँगीहाट युथ क्लब, मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब, उदयपुर, राजारानी क्लब धनकुटा, रोयल फुटबल क्लव, सिलिगुडी (भारत) रहका छन् ।

प्रतियोगितामा विजेता हुने टीमलाई पाँच लाख, उपविजेतालाई दुई लाख ५० हजार नगद पुरस्कार तथा ट्रफि प्रदान गरिने क्लवका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए । क्लबका सचिव शम्भु बस्नेतले बेलबारी क्षेत्रलाई खेलकूद केन्द्रको विकास गर्न प्रतियोगिताले ठूलो मद्दत पुग्ने बताए ।

बेलबरीको लक्ष्मीमार्गस्थित प्रदेशस्तरीय खेलकुद मैदानमा १० हजार दर्शक अटाउने क्षमताको रंगशालामा प्रतियोगिता सञ्चालन गरिने क्लबका सदस्य एवं सञ्चारकर्मी नरेन्द्र बस्नेतले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर