AArya
RUMPUM
animated ellipse animated ellipse

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन (फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०७८, बिहीबार ०७:१९
900
Shares
सुनसरी मोरङ सिचाई आयोजनको नहरमा उदाउँदो सुर्यलाइ अर्घ दिँदै ब्रतालुहरु । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर/ आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन भएको हो । उदाउँदो सूर्यलाई अर्घ दिन नदी तलाउ तथा खोलाहरुमा सर्वसाधरणको भिड लागेको थियो ।

हिजो साँझ अस्थाउदो सूर्यलाई अर्घ दिएर खोलामै जाग्राम बसेका भक्तालुहरुले आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर आफ्नो ब्रत सकेका हुन् ।

विराटनगरको सिंघीया, केसलीया खोला,तथा सुनसरी मोरङ सिंचाइ आयोजनाको साखा नहरमा हजारौं श्रद्धालुहरु पुगेका थिए । चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ ।

छठ पर्वका लागि विराटनगरको सिघींया, केसलीया तथा सुनसरी सिचाइ आयोगको नहरलगायत पोखरी किनारमा सजावट गरिएको थियो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाएका थिए । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर