animated ellipse animated ellipse

पोखरामा हुने राष्ट्रिय खेलकूद प्रतियोगिताको लागि प्रदेश १ खेलकुद बोर्डको तयारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ बैशाख २०७९, बिहीबार १७:०६
288
Shares
विराटनगर / नवौँ राष्ट्रिय खेलकुदमा सहभागिताका लागि प्रदेश १ खेलकुद बोर्डले तयारी थालेको छ ।

प्रदेश १ खेलकुद बोर्डले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जेठ २२ देखि पोखरामा हुने राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिताको तयारी थालेको सदस्यसचिव हंशराज वाग्लेले बताए । उनका अनुसार खेलकुदमा सहभागी हुने खेलाडीको छनोटका लागि तयारी भइरहेको बताए ।

राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिताको तयारीका लागि आगामी जेठको पहिलो हप्तामा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्ने सदस्य सचिव वाग्लेले जानकारी दिए ।

राष्ट्रिय खेलकुदमा ३४ खेल हुँदै छन् । प्रदेशले राष्ट्रिय खेलकुदमा २५ खेलमा सहभागिता जनाउने र पाँचोदेखि छैठो स्थान ल्याउन सफल हुने सदस्य सचिव वाग्ले जानकारीले दावी गरे ।

उनले प्रदेशका १४ वटै जिल्लाको खेलकुद गतिविधि र पूर्वाधार विकास लागि कार्य योजना तयार गर्नुका साथै जिल्लाहरुलाई एक लाख ५० हजारका दरले वजेट निकासा गरिएको समेत बताए । यस क्षेत्रमा खेलकुको विकासका लागि खेल विज्ञहरुसँग छलफल कार्यक्रम संचालन गर्नुका साथै प्रदेशका अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीलाई सम्मान गर्ने उनले बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई गम्भिर स्वास्थ्य समस्या आएमा वोर्डले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सदस्य सचिव वाग्लेले अन्तर्राष्ट्रिय खेलाडीलाई यातायातमा सहुलित दिन र विमानस्थलबाट सहज आवतजावतका लागि ’रेडकार्ड’को व्यवस्या गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर