AArya
RUMPUM
animated ellipse animated ellipse

रेमिट सहकारीको नवौ वार्षिक साधारण सभा सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०७८, शनिबार १६:३५
234
Shares
विराटनगर / रेमिट वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज मोरङको ग्रामथान वडा नं २ झोराहाटमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिक सतनलाल राजवंशी, खेतप्रसाद ढकाल र झुथरी चौधरी, एसइइमा उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्यका सन्तानबाट रुजन भट्टराई र रानी निरौलालाई सम्मान गरिएको छ । उनीहरूले २०७७ एसर्इर्इमा उत्कृष्ट नतिजा ल्याएको बताईएको छ ।

पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा योगदान पुर्याउने नागरिक दैनिकका पत्रकार विनोद सुवेदीलाई जिल्ला वचत तथा ऋण सहकारी संघ मोरङका सचिव एकराज निरौला र संस्थाका अध्यक्ष उमा घिमिरेले सम्मान गरे ।

कार्यक्रममा ग्रामथान वडा नं २ का वडाअध्यक्ष कृष्णकुमार माझी, सरस्वती नमूना उच्च माविका प्राचार्य अशोक लुइँटेल, झोराहाट साना किसान सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर कार्की, प्रभात वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रयाग न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा १२ करोड लगानी गरी खुद मुनाफा ५० लाख कमाएको छ । संस्थाका १६ सयभन्दा धेरै शेयर सदस्य छन् । कार्यक्रममा उत्कृष्ट शेयर सदस्य राजकुमार माझी र ललीता चौधरीलाई पनि सम्मान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर