AArya
RUMPUM
animated ellipse animated ellipse

आगजनीबाट वीरेन्द्र सभागृह जोगाउने अनमोललाई महानगरले सम्मान गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०८२, शुक्रबार १७:३९
135
Shares
विराटनगर /जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरवका रुपमा रहेको वीरेन्द्र सभागृह तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई औचापरिक रुपमा विराटनगर महानगरले धन्यवाद दिएको छ ।

जेनजी आन्दोलनमा सहभागी २३ वर्षीय अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निरालाकार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले खादा लगाइ दिएर औपचारिक रुपमा धन्यवाद दिएका हुन् । अनमोललाई यसअघि मेयर कोइरालाले फोन गरेर धन्यवाद दिएका थिए ।

अनमोललाई महानगरले विशेष अवसर पारेर सम्मान गर्ने समेत जनाएको छ । ‘अनमोलको प्रयासका कारण वीरेन्द्र सभागृह आगजनी र तोडफोड हुनबाट जोगिएको छ,’ मेयर कोइरालाले भने, ‘उनलाई हामीविशेष अवसर पारेर सम्मान गर्ने योजनामा छौं ।’

गत भदौ २४ गतेको आन्दोलनका क्रममा विराटनगरका अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी हुँदा अनमोलसहितका केही युवाको सकारात्मक प्रयासले वीरेन्द्र सभागृह आगजनी हुनबाट जोगिएको थियो ।

नगर विकास कोषसँग ऋण लिएर महानगरले वीरेन्द्र सभागृहको पुनर्निर्माण गरेको हो । २ वर्षभन्दा लामो समय लगाएर करिब २३ करोड लगानीमा पुन र्निर्माण गरिएको सभागृह विराटनगरकै गौरवका रुपमा रहेको छ । सभागृहलाई भाडा लगाएर त्यसबापत प्राप्त आम्दानीबाट नगर विकास कोषको सावा र ब्याजभुक्तानी गर्नेछ । हाल पनि महानगरले कोषको सावा र ब्याज भुक्तानी गरिरहेको छ ।

२०३० सालमा निर्माण गरिएको सभागृह निकै जीर्ण बनेको थियो । जीर्णोद्वारपछि भने सभागृह निकै आकर्षक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर