AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुटु स्वस्थ राख्न विराटनगरमा साइकल ¥याली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७८, बुधबार १५:५१
657
Shares
विराटनगर / विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतामूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले आज विराटनगरमा साइकल ¥याली निकालेको हो ।

विहान न्यूरो हस्पिटलदेखि वृहत साइकल ¥यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको छ । हस्पिटलदेखि सुरू भएकोे ¥यालीले ट्राफिक चौक, रोडेशष, कलेज रोड हुँदै जलजला, तिनपैनी, सिडिओ अफिस हुँदै, अस्पताल चौक, देवकोटा, सिद्धार्थ चौक हुदै बंगालमुखी मन्दिर अगाडि आएर समापन भएको छ ।

साइकल ¥यालीमा लायन्स क्लब अफ विराटनगर महानगरपालिका, लियो क्लब अफ विराटनगर, नेपाल युवा उद्यागी मन्च विराटनगर, न्यूरो हेल्थ कलेज, लर्डबुद्ध कलेज, न्यूरो अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरू सहभागी रहेको थियो ।

‘मुटु रोगबाट बच्न र बचाउन सबै सचेत होऔं’ भन्दै साइकल ¥यालीमा सहभागि थिए । ¥यालीपछि आयोजित कार्यक्रममा बोल्दै विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटु रहेकोले यसलाई स्वस्थ राख्न खानपीन र शारिर व्यवसायीमा ध्यान दिनुपर्नेमा सुझाब दिए ।

‘मुटुलाई स्वस्थ्य राख्न सके सुखमय भएर जीवन समृद्ध हुन्छ । सबैजनाले आफ्नो मुटु स्वस्थ राख्दै आफू स्वस्थ्य बनौं । सबै जनाको मुटुलाई स्वस्थ राखी आफू पनि स्वस्थ हुन पेरित गरौं,’ कार्यक्रममा बोल्दै उनले भने, ‘आफ्नो शरीरमा कुनै समस्या आएको देखिए समयमै राम्रो अस्पताल छनौट गरी चिकित्सकसँग परामर्श गरेर उपचार गरौं । रोग बढ्न दिन हुँदैन । समयमै रोकथाम गरौं र मुटुलाई पनि स्वस्थ राखौं ।’ त्यसैले मुटुलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यक रहेको उनले बताए । ‘मासुजन्य, तारेको, भुटेको ,कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कम खाने, व्यायाममा जोड दिने । यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ,’ डा. श्रेष्ठले भने ।

अस्पतालको ल्याबमा छुट
मुटु दिवसको अवसर पारेर न्यूरो हस्पिटलले ल्याबमा ५० प्रतिशत छुट दिएको छ । मंगलबारदेखि ल्याबमा तीन दिन ५० प्रशित छुट रहेको छ । ५० प्रशित छुट मंलबार, बुधवार र विहीबारसम्म रहने अस्पतालले जनाएको छ । ओपीडि पनि निःशुल्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर