AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वेली सुपर मोडलको क्राउन सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७३, आईतवार १६:२९
9
Shares
विराटनगर, फागुन ८ / आउँदो फागुन २१ गते विराटनगरको सभागृह हलमा हुने मिस पूर्वेली सुपर मोडलको बिजेता हुनेहरुलाई वितरण गर्ने ‘क्राउन’ सार्वजानिक गरिएको छ । विराटनगरमा एक भब्य कार्यक्रम आयोजना गरि ७५ वर्षअघि देखि सेवा दिदै आएको महालक्ष्मी ज्वेलर्सले यस वर्ष २३ तोलाको चाँदीको आकर्षण ‘क्राउन’ को सार्वजानिक गरिएको हो ।
प्रतियोगिताको बिजेता, फस्ट रनरअफ तथा सेकेण्ड रनरअफ हुने प्रतियोगिहरुलाई यो क्राउन शिरमा पहरिने छन् । महालक्ष्मी ज्वेलर्सले आकषर्ण डिजाइन गरि सार्वजानिक गरिएको क्राउनको एक समारोह गरि ए– वान इन्टरटेन्टमेन्ट प्रा.लि. का चिर्यरमेन निराजन लुईटेललाई प्रदान गरिएको थियो ।
क्राउन सार्वजानिक युवा संघ नेपालको सचिब पर्शुराम बस्नेत, अभिनेता जिवन लुईटेल, एसियन म्युजिकका निर्देशक इश्वर गुरुङ, म्युजिक भिडियो निर्देशक बिभोर पोखरेल, मोडल सम्पदा बानियाँ, गायक जितेन लेप्चा, मिलन संकर लगायतका कलाकारको उपस्थिति रहेको थियो । क्राउन सार्वजाकि कार्यक्रममा अभिनेता जीवनले आफनो नयाँ कृति ‘नायक’ नामकको कविताहरु प्रस्तुत गरि मनोरञ्जन दिए । यस वर्षको कार्यक्रम बिगत भन्दा भव्य बनाउने एवान इन्टरटेन्मेन्टका निर्यरमेन लुइँटेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर