पूर्वाञ्चल खबर
परिषद्ले नियमित पठनपाठन सुचारू होस् भन्ने उद्देश्यले टेन्ट, त्रिपाल, म्याट, औषधी लगायतका सामाग्री आज हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बिच वेँशीसहर लमजुङमा भानु मध्यामिक विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सामग्री हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ । गत असारमा आएको बाढीका कारण मनाङ जिल्लामा करोडौंको क्षति भएको थियोे । त्यसमा भानु मा विमाध्यमिक विद्यालय पनि परेको थियो । बाढीले विद्यालयमा क्षति पु¥याएपछि नियमित पठापाठन रोकिएको थियो ।
उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद् नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको थियो ।