खबर पूर्वाञ्चल
खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कका ६८ बर्षीय मित्रबहादुर तामाङको धारिलो हतीयार खुकुरी र दाउँ प्रहार गरि हत्या भएको हो । हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ बर्षीय विरबहादुर तामाङ पक्राउ परेका छन् । आज दिउँसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटि गई खुकुरीसहित हत्यामा सम्लग्न दुवै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाउँसहित पक्राउ गरेको छन् ।
उनीहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउँले टाउकोमा प्रहार गर्दा मित्रबहादुरको घटनास्थलमानै मृत्यु भएको हो । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल गई अनुसन्धान गरिरहेको छ । ।