RUMPUM
animated ellipse animated ellipse

आचारसंहिता विपरितका गतिविधि गर्दै सत्ता गठबन्धन मोरङ क्षेत्र नं. ४ का उम्मेदवार मोदी र पराजुली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०७९, शुक्रबार २०:०६
621
Shares
विराटनगर / सत्ता गठबन्धनका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुले विराटनगरमा निर्वाचन आचारसंहिता विपरितको काम गरेका छन् ।

मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी र नेपाली कांग्रेसका भीम पराजुलीले निर्वाचन कार्यालयलाई ढाँटेर सम्मान कार्यक्रम गरेका हुन् ।

मतदातालाई प्रभावित पार्ने उद्देश्यले आज निर्वाचन क्षेत्र नं. ४ अँतरगत विराटनगर १० को विराट सेवा सदनमा करिव १ सय जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । श्रोतका अनुसार सम्मान कार्यक्रममा जेष्ठ नागरिकलाई नगद पनि वितरण गरिएको थियो ।

निर्वाचन कार्यालयलाई सम्मान हैन भन्दै प्रतिनिधिसभा उम्मेदवार मोदी र प्रदेश सभा उम्मेदवार पराजुलीले ढाँटेर जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको पाईएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले सम्मान कार्यक्रमबारे जानकारी आएपछि सोधपुछ गरिएको बताए । उनले भने,‘ सम्मान कार्यक्रमबारे बुझ्दा मतदाता भेटघाट भएको बताईयो ।’ निर्वाचनलाई प्रभावित पार्ने गरिसम्मान कार्यक्रम गर्न नपाईने उनले बताए । उनले यसमा आचारसंहिता आकर्षित हुने बताए ।

नेपाल कांग्रेस विराटनगर १० को आयोजनामा सम्मान कार्यक्रम भएपनि वुथ सभापति अर्जुन कार्कीले सम्मान कार्यक्रमबारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले भने,‘ सम्मानबारे थाहा भएन, भेटघाट मात्रै हो ।’ जेष्ठ नागरिकहरुलाई वितरण गरिएको सम्मान पत्रमा कार्की, प्रतिनिधिससभा सदस्यका उम्मेदवार अमनलाल मोदी र प्रदेशसभाका उम्मेदवार भीम पराजुलीले हस्ताक्षर गरिएको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा सम्मानित भएकी विराटनगर १० शान्तिचौककी जलश्री साहले भोटका लागि सम्मान गरेको प्रतिक्रिया दिईन । उनका अनुसार कार्यक्रममा एकसय बढी जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर