AArya
RUMPUM
animated ellipse animated ellipse

पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरीमा संलग्न रहेका दुई जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ भाद्र २०७८, बुधबार १९:११
774
Shares
विराटनगर / नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

सोमबार विराटनगर–४ स्थित आयल निगमको पार्किङस्थलमा रोकिएको ट्याङ्कर चोरेर लैजादै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न आरोपमा विराटनगर महानगरपालिका–४ बस्ने २६ वर्षीय श्रवणकुमार यादव र विक्की रायलाई पक्राउ गरेको छ ।

उनीहरुले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरी भाग्दै गर्दा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङ बुढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकर सहित सोमबार नियन्त्रणमा लिएको थियोे ।

पक्राउ परेका उनीहरु विरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर