AArya
RUMPUM
animated ellipse animated ellipse

पाकिस्तानमा रेल दुर्घटना, २१ को मृत्यु, ४५ घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ कार्तिक २०७३, बिहीबार १८:४९
3
Shares
रेल दुर्घटनास्थलमा उद्धारकर्ताहरु । तस्वीर: रोयटर्स

१८ कात्तिक, काठमाडौं। पाकिस्तानको कराँचीमा बिहीबार बिहान यात्रुवाहक दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४५ जना घाइते भएका छन् ।

कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवक्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

क्वाडाफी रेल स्टेशनमा फ्यारिड एक्सप्रेस रोकिइरहेका बेला सोही लिकबाट आइरहेको जक्रिया एक्सप्रेस आएर ठक्कर खाएको पाकिस्तान रेलवेका उपप्रवन्धक नसिर अजिजले जानकारी दिए। दुवै रेल पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने पञ्जावबाट आइरहेका थिए ।

रेलवे कार्यालयले घटनाबारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिएको छ । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर