पूर्वाञ्चल खबर
चोरी हुने सम्भावित ठाउँमा एम्बुस थाप्ने र मोटसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न यो अभियान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
एम्बुस अभियानको प्रराम्भिक चरणमा प्रहरीले मोटसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । विराटनगर ११ र १२ मा एकैदिन ६ वटा मोटसाइकल चोरी भएपछि प्रहरीले शुक्रबार एम्बुस थापेको हो । बखरी प्रहरी चौकीका असइ भुवन श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शुक्रबार विराटनगर ११ सुम्निमा बोर्डिङ स्कूल अगाडी एम्बुस थापेर मोटरसाइल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी घर भएका नावलक १५ र १६ वर्ष उमेर समूहका रहेको प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले उनीहरूको साथदेखि मोटसाइकल चोरी हुँदा प्रयोग गर्ने ‘मास्टर’ चाबी पनि बरामद गरेको छ । ‘चोरीमा संलग्नले मास्टर चावी प्रयोग गरेको भेटिएको छ,’ उनले भने, ‘पक्राउ परेका नावलक भएपनि उनीहरू पेसेवर रहेको प्रारम्भीक चरणको अनुसन्धानदेखि खुल्न आएको छ ।’ नावलकलाई चोरीमा प्रयोग गरि विराटनगरमा क्षेत्रमा चोरीमा संलग्न गिरोहको सञ्जाल ठूलो हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडी बढाएको उनले बताए ।
घर अगाडी, सार्वजनिक स्थलमा राखिएको अवस्थामा पनि बाइक हराउने गरेको छ । ‘कतिपय केसमा त मोटरसाइकल धनी आफैंले चाबी बाइकमै छोडेर हिँडेको पनि भेटिएको छ’, डिएसपी श्रेष्ठले भने, ‘सवारीधनी स्वयमको लापरबाहीले पनि मोटरसाइकल हराउने गरेको छ ।’ अधिकांश पीडित व्यक्तिहरुसँग कुरा गर्दा अधिकांश साँझ र राति चोरी भएका छन् । दिउँसो चोरी गर्ने मनासाय बोकेर मान्छे वस्तुस्थिति बुझ्न आउँछन् । घरको स्थिति बुझ्छन् । मोटरसाइकल कहाँ राखेको छ हेर्छन् । रातिको समयमा मौका छोपेर चोरी गर्ने गर्छन् । त्यस्तै, घरमै राखेको गल्लीबाट समेत मोटरसाइकल गायब हुने गरेको छ । प्रहरीका अनुसार चोरहरुले अधिकांश स्थानमा दुईजना भएर मोटरसाइकल चोरेको पाइएको छ ।