AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले विभाजन हुँदा माधव नेपाललाई साथ दिएका प्रदीप नेपालले पनि माधवकुमार साथ छाडे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ भाद्र २०७८, सोमबार १५:३४
1.24k
Shares
काठमाण्डौ /नेकपा एमाले विभाजन हुँदा माधव नेपाललाई साथ दिएका एमालेका पुराना नेता प्रदीप नेपालले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी छोडेको बताएका छन् ।

आज फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गर्दै समाजवादी पार्टी छोडेको बताएका हुन् ।

जनताको बहुदलीय जनवाद अंगिकार नगरे नाम नलेख्न भन्दाभन्दै माधव नेपालले ‘धोका’ दिएको उनले बताएका छन् । माधवकुमार नेपालको साथ छोडेका नेपालले आफू केपी ओलीसँग नजाने पनि स्पष्ट पारेका छन् ।

‘म केपीसँग जान्नँ, किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ, तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ,’ नेपालले भनेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’

नेता नेपाल अस्वस्थ हुँदा पनि नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत गर्न निर्वाचन आयोग पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर