पूर्वाञ्चल खबर
प्रदेश १ आइटीएफ तेक्वाण्दो संघको आयोजनामा आगमी पुस ३ देखि ४ गतेसम्म विराटनगरमा दुई दिने सेमिनार कोर्ष हुने भएको हो ।
सेमिनारको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । उक्त सेमिनारमा प्र्रदेश १ का १४ जिल्लाका १ सय २० खेलाडीको सहभागि हुने आइटिएफका प्रदेश सदस्य तथा कार्यक्रम संयोजक जीतन थापाले जानकारी दिए । आइटीएफ खेलाडीको व्यक्तित्व विकास गराउनुको साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले तेक्वाण्दोको सेमिनार गर्ने तयारी गरिएको आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले बताए । ‘महाभारीको रूपमा फैलिएको कोभिडले खेलकुद क्षेत्र ठप्प भएको छ । यस क्षेत्रको विकास गर्नुे उद्देश्यले हामीले तेक्वाण्दोको टेक्निकल सेमिनरको तयारी गरिएको हो,’ कार्कीले भने, ‘दुई दिने समिनर खेलाडीहरूको लागि लाभदायी हुनेछ ।’
टेक्निकल कोर्षको समापन प्रदेश १ का सामािजक विकास मन्त्री जीवन घिमिरेले गर्नेछन् । उक्त सेमिनारमा नेपाल आइटीएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाको सहभागिता हुनेछ । सेमिनारमा प्रशिक्षणहरूमा नेपाल आइटिएफका केन्द्रीय सदस्य तथा ब्यालकबेल्ड कमिटिका अध्यक्ष घमबहादु थापा, प्रदेश १ का उपाध्यक्ष चुर्तरलाल चौधरी, प्रदेशका उपाध्यक्ष राजेन्द्र धिमालले दिनेछन् । तेक्वाण्दोको सेमिनारमा खेलाडीहरूलाई प्रकाटिकल र थेउरीकल प्रशिक्षण दिइने बताइएको छ ।