खबर पूर्वाञ्चल
रौनियारविरूद्ध मोरङ प्रहरीले ठगी, अपराधिक लाभ लिएको र अपराधिक विश्वासघात मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ । मंसिर २९ गते घरबाटै पक्राउ परेका रौनियारविरूद्ध मोरङ अदालतले पक्राउ पूर्जी सदर गरि अनुसन्धान गर्न अनुमति दिएको छ । ‘अदालतले पक्राउ पूर्जी सदर गरि तीन वटा मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘रौनियारविरूद्ध छुट्टाछुट्टै तीन वटा मुद्दा दर्ता गरिनेछ ।’ मोरङ अदालतबाट पक्राउ पूर्जी सदर भइ अनुसन्धान गर्न बिहीबार अनुमति पाएको प्रहरीले जनाएको छ ।
अनुमति सदर भएकोले मन्टुलाई मोरङ प्रहरीले आज मोरङ अदालतमा तीन वटा मुद्दामा म्याद थप गरि अनुसन्धान थालेको हो । यसअघि मन्टुलाई प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप प्रमाण संकलन गर्ने काम गरेको थियो । मन्टुलाई जिल्ला सरकारी वकिलका कार्यालयले ठगी र अपराधिक लाभ लिन खोजिएकोलाई एउटै र अपराधिक विश्वासघात मुद्दामा छुट्टै अनुसन्धान गर्न प्रहरीलाई राय दिएको छ ।
‘मन्टु पक्राउ परेपछि पीडितको उजुरी दिन आउने मोरङ प्रहरी कार्यालयमा लर्को लागेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘धेरै दशी पनि जुटिसकेको छ । हामी सरकारी वकिलको कार्यालयले दिएको रायअनुसार यसको गहन अनुसन्धानमा जुटेका छौं ।’