AArya
RUMPUM
animated ellipse animated ellipse

श्रमिक महिलालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरको ट्राइकोट उद्योगका सिइओ चाण्डोक पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०७८, मंगलवार १५:३०
5.81k
Shares
विराटनगर /गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ मा सञ्चालित पोशक उत्पादन गर्ने ट्राइकोट इण्डष्ट्रिज प्रा.लि.मा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका मजदुर तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले इण्डस्ट्रिजका प्रमख कार्यकारी अधिकृत (सिईओ) सञ्जय चाण्डोकलाई नियन्त्रणमा लिइएको छ ।

गार्मेन्ट उद्योगका सिईओ भारतीय नागरिक चाण्डोकले उद्योगमा कार्यरत श्रमिक महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका सबै श्रमिक तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले उनलाई आज दिउँसो नियन्त्रणमा लिएको हो ।

करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सिइओ चाण्डोकले महिला मजदुरहरूलाई यौन दुव्र्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिने गरेको भन्दै कारवाहीको माग राख्दै आन्दोलित भएका थिए ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतसहित मोरङ प्रहरीबाट थप प्रहरी फोर्स ल्याएपछि चाण्डोकलाई प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा लिएको सिइओलाई पक्राउ गरि अहिले जिल्ला प्रहरी कार्यालय ल्याएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘श्रमिकहरू आन्दोलित भएपछि हामीले उद्योगका सिइओलाई नियन्त्रणमा लिएका छौं,’ एसपी जिसीले भने, ‘अहिले हामीले अनुसन्धान सुरू गरेका छौं ।

पीडित भएका व्यक्तिहरूलाई पनि हामीले बोलाएका छौं ।’ थप विषय अनुसन्धान पछि खुल्ने उनले बताए । ‘सिइओदेखि कति मान्छे पीडित भएका छन् । त्यो पछि खुल्नेछ,’ एसपी जिसीले भने ।

उद्योगमा कार्यरत श्रमिक महिलाहरुलाई पटक पटक दुव्र्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको धिरज बिष्टले बताए । ‘श्रमिकहरूलाई पटक–पटक सिइओले दुव्र्यवहार गरेपछि बाध्य भएर हामी आज ठूलो संख्यामा मजदुरहरू आन्दोलनमा उत्रिनु पर्यो,’ उनले भने, ‘सिइओ चाण्डोकले उद्योगमा काम गर्ने मजदुरलाई अनाआवश्यक रूपमा दुःख दिएर हैरानी बनाएका छन् । सिइओले दिएको पीडा सहन नसरे उद्योगमा कार्यरत करिब ३ सय जना श्रमिक आन्दोलनमा उत्रिनु परेको हो ।’ यहाँ कार्यरत श्रमिकहरूले दुव्र्यवहार गर्ने सिइओलाई हटाएर प्रशासनले कारवाही गरिनुपर्ने र उद्योगले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा लिनुपर्ने माग समेत राखेका छन् ।

चाण्डोकले उद्योगको एचआर (मानव संशाधन) फाँटकी महिला कर्मचारीमाथि गत जेष्ठमा दुव्र्यवहार गरेको आरोप छ ।

जेठमा मात्रै रोजगारीका लागि उद्योगमा हाँजिर भएकी २४ वर्षिय एक महिला कर्मचारीसँग सिईओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरु सोधखोज गर्ने, रातीराती फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दवावमा राख्ने गरेको आरोप पीडित महिलाले गरेकी छिन् ।

उद्योगी बासुदेवसहित गोल्यान घरानाद्वारा सञ्चालित ट्राइकट इण्डष्ट्रिजका सञ्चालक शक्ति गाल्यान हुन् । अनलाइनबाटै कर्मचारीमा छनौट भएकी महिला गत जेठ ९ गतेदेखि उद्योगमा हाँजिर भएर काम गर्दै आएकी थिइन् । तर, सिईओले राती समेत फोन गरेर टर्चर दिदैं आफूलाई काबुमा राख्न खोजेको पीडित महिलाको गुनासो छ ।

तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदुर कार्यरत छन् । त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ ।

विगत लामो समयदेखि सञ्चालित उद्योगमा पहिले यस प्रकारको समस्या थिएन तर करिव ३ वर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएपछि महिला मजदुरहरु दुव्र्यवहारमा पर्न थालेको भन्दै श्रमिक महिलाहरुले उनलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

महिला मजदुरहरुलाई त्यहाँ कार्यरत अन्य मजदुरहरुले पनि साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर