पूर्वाञ्चल खबर
प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभा सभापोखरी गाउँपालिका – ४ घर भई इटहरी २० तरहरामा डेरी गरि बस्ने ३९ वर्षिय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरी गढी गाउँपालिका १ का ४५ वर्षिय डाईमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बारसिबे गाउँपालिका ६ घर भई हाल इटहरी २० तरहरा बस्ने ३० वर्षिय चिरञ्जिवी राई, मोरङ सुन्दर हरैचना ५ का २२ वर्षिय मिशन राई, भोजपुर पौवादुम्मा गाउँपालिका ३ घर भई हाल इटहरी २० बस्ने ३० वर्षिय नगेन्द्र राई र सुन्दरहैरचा नगरपालिका ७ का ३१ वर्षिय सन्तोष राईलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथदेखि सुनचादी पसल लुटपाटको लागि ल्याएको अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन), एउटा कटुवा पेस्तोल र अटोमेटिकल पेस्तोल बरामद गरेको छ । यस्तै प्रहरीले म्याजिनमा लाग्ने ६२ राउण्ड गोली र ३०३ राइफलको ४ राउण्ड गोली पनि बरामद गरेको छ ।
मास्क लगाएर आएको हतियारधारी समूहले खगेन्द्र थापाले घरमै सञ्चालन गरेको ज्वेलर्समा गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेका थिए । पक्राउ परेको समूह त्यही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जिसीले बताए । लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतंकित एवं त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो ।