AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतीय रुपैयाँ र अमेरिकन डलरसहित दुई जना भारतीय नागरिक विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ श्रावण २०७८, शनिबार ११:०८
1.83k
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा भारतीय रुपैयाँ र अमेरिकन डलरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ आउने क्रममा विराटनगर महानगरपालिका १७ मटेरुवाबाट प्रहरीले भारतीय रुपैयाँ र अमेरिकन डलरसहित भारतीय नागरिक उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट भारतीय नोट ५०० को ४१७ थान २ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १ को ४ थान सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर