AArya
RUMPUM
animated ellipse animated ellipse

स्मरण शक्तिमा अर्पणको नयाँ विश्व कीर्तिमान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०७८, सोमबार १८:५२
531
Shares
विराटनगर / झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान कायम गरेको दाबी गरेका छन् ।

‘मेमोरी किङ’ उपनामले परिचित उनले वि.सं. २०७२ मा एक मिनेटमा ४२ वटा वस्तु शृंखलाबद्ध स्मरण गरेर पहिलो पटक गिनिज बुक अफ विश्व रेकर्डमा नाम लेखाएका थिए । त्यसपछि नबल पञ्जियारले त्यही विधामा ५४ वटा वस्तुको स्मरण गरेर शर्माको कीर्तिमान उछिनेका थिए । अहिले शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वस्तुको स्मरण गर्नमा सफलता पाएको दाबी प्रस्तुत गरे । विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उनले गएको असार २६ गते नयाँ कीर्तिमान कायम गरेको बताए ।

भद्रपुरको वीरेन्द्र नमुना माध्यमिक विद्यालयको सभा हलमा असार २६ गते नेपाल प्रहरीका निरीक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेललगायतको उपस्थिति रहेको औपचारिक कार्यक्रममा शर्माले एक मिनेटमा ८३ वटा वस्तुको स्मरणको प्रस्तुति गरेका थिए । सो कार्यक्रम प्रस्तुतिको भिडियोलाई प्रमाणको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइएको र छानबिनपछि गिनिजको बेलायतस्थित कार्यालयले प्रमाणित गर्ने चलन रहेको उनले जानकारी दिए ।

मेची बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका शर्मा ३२ वर्षका हुन् । गिनिज बुकमा नाम लेखाएपछि उनलाई नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सालमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन् ।

वि.सं २०४६ माघ २३ गते पिता मोहनप्रसाद कट्टेल र माता खिना शर्माको सन्तानको रुपमा झापाको भद्रपुर नगरपालिका –८ मा उनको जन्म भएको थियो । सानैदेखि तीक्ष्ण दिमाग भएको उनी हाल मेडिटेसन तथा ब्रेन ट्रेनरको पेशामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर