AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापार संघद्धारा स्वास्थ्य र खाद्यान्य सामाग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७८, आईतवार २१:१७
252
Shares
विराटनगर/ मोरङ व्यापार संघले स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले जिल्लाका आफ्ना शाखाहरुलाई खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको हो ।

संघले जिल्लाका विभिन्न स्थानहरुमा कोभिड १९का कारण प्रभावित विपन्न तथा असहाय वर्गहरुलाई वितरण गर्ने उद्देश्यले आफ्ना ९ वटा शाखामार्फत उक्त राहत सामग्रीहरु हस्तान्तरण गरेको छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मून्दडाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम संघका सदस्य शाखा संयोजक नवराज चापागाईले संयोजन गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष मून्दडाले आफ्ना शाखाहरु, सुन्दर हरैंचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, बेलवारी उद्योग वाणिज्य संघ, उर्लाबारी उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार संघ, इटहरा उद्योग वाणिज्य संघ, केरावारी व्यापार प्रबन्ध समिति, रंगेली उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिलाई चामल, दाल, तेल, विस्कुट, चाउचाउ, नुन, मास्क आदि सामग्रीहरु सहितको करिब ४ सय थान राहत सामग्रीहरु हस्तान्तरण गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, उपाध्यक्ष (उद्योग) अनुपम राठी, महासचिव अनिल कुमार साह,सदस्यहरु संजय श्रेष्ठ, मनिष मारु, विनित सिंघानिया, सन्तनु रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर